Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी महाधिवेशन : उम्मेदवारी दर्ता १०ः३० सम्म, मतदान आइतबार बिहान साढे ११ बजेदेखि

    माओवादी महाधिवेशन : उम्मेदवारी दर्ता १०ः३० सम्म, मतदान आइतबार बिहान साढे ११ बजेदेखि

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले केही बेरअघि केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो ।

    समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निकालेको तालिकाअनुसार उम्मेदवारी दर्ता शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ ।



    माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।
    यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । यसअघि बन्दसत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने बताएका थिए ।



    निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ । शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार