Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतदानसम्मको कार्यतालिका सार्वजनिक भएलगत्तै माओवादीको बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित

    मतदानसम्मको कार्यतालिका सार्वजनिक भएलगत्तै माओवादीको बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । निर्वाचन कार्यक्रम तोकिए पनि नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    शनिबार रातिका लागि तोकिएको निर्वाचनका सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।



    शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो ।



    आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी भइरहेकाले कार्यक्रम स्थगित गरिएको एक नेताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार