Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालीले मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा खेल्ने

    नेपालीले मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दशरथ रंगशालामा खेल्ने

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको छ ।

    यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।



    दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले अफ्रिकी राष्ट्र मरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।



    नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार