Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेरिस ओलम्पिक छनोट : नेपालविरुद्ध भियतनामलाई अग्रता

    पेरिस ओलम्पिक छनोट : नेपालविरुद्ध भियतनामलाई अग्रता

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल विरुद्ध भियतनामले अग्रता लिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ११ औं मिनेटमा एङले गोल गर्दै भियतनामलाई अग्रता दिलाइन् ।



    बाँयातर्फबाट एनग्यूएन थी ट्राङले दिएको क्रसमा उनले हेडरमार्फत सुन्दर गोल गरेकी थिइन् ।



    त्यसअघि, खेलको ७औं मिनेटमा भियतनामले अग्रता लिने अवसर खेर फालेको थियो । एनग्यूएन थी ट्राङलले दिएको क्रसमा हाई एङले दिएको प्रहार फ्रेममा परेन ।

    खेलको नवौं मिनेटमा दिपा शाहीको क्रसमा पोष्टको ठिक अगाडी रहेकी अमिषा कार्कीको प्रहार क्रसबाट माथिबाट बाहिरिदा नेपाल अग्रता लिने सुन्दर मौकाबाट चुक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार