Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एएफसी कप: मच्छिन्द्र र ब्लुस्टारबीचको खेल दशरथ रङ्गशालामा हुने

    एएफसी कप: मच्छिन्द्र र ब्लुस्टारबीचको खेल दशरथ रङ्गशालामा हुने

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।

    पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत ०२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।



    एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ। यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो ।



    मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ ।

    मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ ।

    समूह ‘डी’ भारतको गोकुलम केरला, बङ्गलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार