Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपराजित रहँदै मच्छिन्द्र बन्यो ए डिभिजन लिग–२०७८ च्याम्पियन

    अपराजित रहँदै मच्छिन्द्र बन्यो ए डिभिजन लिग–२०७८ च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिग २०७८ को च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित रहेर ट्रफि उचालेको हो ।

    २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसपटक उपाधि जित्दा मछिन्द्रले अपराजित यात्रा समेत कायम राख्यो । जसमा लगातार ११ खेलमा कुनै गोल समेत खाएन ।



    मच्छिन्द्र अपराजित बन्दा एपीएफको भने ९ खेलको अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचौं टोलीसमेत बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए ।



    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । यस्तै एपीएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काए ।

    मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ दोहोरो पहेँलो कार्डका कारण एपीएफविरुद्धको खेलमा खेल्न नमिल्ने भएपछि रञ्जित धिमालले मच्छिन्द्रको कप्तानी गरेका थिए । तरm चोटका कारण रञ्जित पनि खेल सुरु भएको केही मिनेटपछि नै मैदान बाहिरिएपछि अभिषेकले कप्तानीको जिम्मेवारी पाएका थिए ।

    उनै अभिषेकले खेलको ४२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाको पासमा गोल गरे ।

    दोस्रो हाफको सुरुवात देखि आक्रामक प्रदर्शन गरेको एपीएफका लागि ६९औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए ।

    मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड नुर्लान नोभ्रुजोभ र सुनील बल जस्ता खेलाडी मैदानमा नहुँदा एपीएफले लगातार दबाबमा राख्दै गोल फर्काएको हो । एपीएफसंग गोल बेहोरेपछि मच्छिन्द्रको लगातार १२ खेलमा गोल नखाने यात्रामा पूर्णविराम लागेको छ ।

    लिगको पहिलो खेलमै एनआरटीलाई २–१ ले हराउँदा ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक बाट गोल गर्नुबाहेक मच्छिन्द्रलाई अन्तिम खेलमा एपीएफले मात्र गोल गर्न सक्यो ।

    एपीएफले लगातार दबाब बनाएपनि ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए ।

    ८८औं मिनेटमा हात हालाहाल गरेपछि मच्छिन्द्रका सोनाम भुटिया र एपीएफका आवास लामिछानेले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

    च्याम्पियन मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएको खेलमा मनाङ मर्स्याङ्दीसँग १–१ को बराबरी खेल्दै त्रिभुवन आर्मीले दोस्रो स्थान पक्का गरेर ५० लाख रुपैयाँ पक्का गर्‍यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३–१ ले हराएर तेस्रो भयो । एनआरटीले २५ लाख हात पार्‍यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार