Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    झापाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    झापा । जिल्लाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।



    भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो ।



    पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार