Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना संक्रमण बढ्न थालेको भन्दै सीमा नाकामा कडाइ गर्न माग

    कोरोना संक्रमण बढ्न थालेको भन्दै सीमा नाकामा कडाइ गर्न माग

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.2K
    SHARES

    कैलाली । सीमा नाकामा कडाइ गर्न कैलालीका सिडीओलाई ध्यानाकर्षण गराइएको छ।

    ‘म बाच्छु अनि बचाउँछु’ अभियानले कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई ध्यानाकर्षण गराएको हो ।



    कोरानाका अन्य भेरियन्ट भन्दा ओमिक्रोन धेरै संक्रामक भएकाले यसको रोकथामकालागी पहल गर्न ध्यानाकर्षण गराएको अभियानका संयोजक सुरज खड्काले बताए ।



    पछिल्लो केही दिन यता गौरीफण्टा नाका हुँदै फर्कन नेपालीमा संक्रमण देखिन थालेको छ । सुदूरपश्चिममा आज मात्रै १२० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार