Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक: राष्ट्रियभा निर्वाचनबारे छलफल

    बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक: राष्ट्रियभा निर्वाचनबारे छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

    बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागिता रहेको छ ।



    नेता पौडेल उक्त संयन्त्रका निर्देशक समेत हुन् । यसअघि बिहीबार बसेको संयन्त्रको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल समेत गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार