Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नारायणहिटी रेस्टुरेन्ट प्रकरण: बतास समूहको संरचना भत्काइयो, निर्देशक दाहालको पद धरापमा

    नारायणहिटी रेस्टुरेन्ट प्रकरण: बतास समूहको संरचना भत्काइयो, निर्देशक दाहालको पद धरापमा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट संचालनका लागि बतास समूहले निर्माण गरेका संरचनाहरु भत्काइएको छ ।

    संग्रहालय परिसरमा विवादित कम्पनी बतास समूहको ‘बि म्यानेजमेन्ट प्रालि’ ले उक्त रेस्टुरेन्ट बनाउन थालेसँगैको चौतर्फी बिरोधपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा उक्त संरचना भत्काइएको हो ।



    यसअघि बिहीबार मन्त्री आलेले संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति समेत गठन गरेका थिए । समिति गठन गरेलगत्तै संग्रालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको बताइएको छ ।



    स्रोतका अनुसार बिहीबार समिति गठन भएपछि शुक्रबार कार्यकारी निर्देशक दाहालले आफैँ उपस्थित भएर उक्त पर्खाल भत्काएका हुन् । रेष्टुरेन्ट खोल्न दिने क्रममा बिथ म्यानेजमेन्टका आनन्द बताससँग दाहालले ठूलो आर्थिक चलखेल गरेको समाचार समेत बाहिर आएको थियो । जसका कारण आफ्नो पद नै संकटमा परेकाले दाहालले उक्त संरचना भत्काएको स्रोतको भनाइ छ।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिझाएर नारायणहिटी संग्राहालय समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका दाहाल सम्पदा मास्ने भूमाफियाले रुचाएका अधिकारीका रुपमा समेत चिनिन्छन्  । उनलाई नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशक बनाउनका लागि बतास समूहले नै लगानी गरेको समेत खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार