Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • नेपालमा पनि छ्यापछ्याप्ती भेटिन थाले ओमिक्रोन संक्रमित, थप २४ जनामा पुष्टि

    नेपालमा पनि छ्यापछ्याप्ती भेटिन थाले ओमिक्रोन संक्रमित, थप २४ जनामा पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।



    मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजिन नेगेटिभ आएको थियो । एसजिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।



    हेर्नुहोस् मन्त्रालयको बिज्ञप्ति:

    यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको संख्या २७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार