Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हेयर स्टाइलिस्ट हबिबले कपाल काट्दा काट्दै केटीको टाउकोमा थुकेपछि…

    हेयर स्टाइलिस्ट हबिबले कपाल काट्दा काट्दै केटीको टाउकोमा थुकेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतीय हेयर स्टाइलिस्ट जावेद हबिबलाई महिलाको कपालमा थुकेको आरोपमा मुद्दा दायर गरिएको छ।

    मुजफ्फरनगरका खतौली सीओ राकेश कुमारका अनुसार जावेद हबिबविरुद्ध धारा ३५५ ९अनादर०, ५०४ ९अपमान० र महामारी ऐन, १८९७ सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको हो।



    समाचार एजेन्सी पीटीआईका अनुसार बागपत जिल्लाको बरौत निवासी पूजा गुप्ताको उजुरीका आधारमा मुजफ्फरनगर जिल्लाको मन्सुरपुर पुलिस स्टेसनमा मुद्दा दर्ता गरिएको हो। जावेद हबिबले ती महिलाको कपालमा थुकेको बताइएको छ।



    समाचार एजेन्सी एएनआईका अनुसार पीडित महिला पूजा गुप्ताले भनिन्, ‘म पार्लर चलाउँछु, त्यस दिन म उनीसँग खकपाल काट्ने तरिका सिक्न त्यहाँ दिन गएको थिएँ।

    मलाई थाहा थिएन, उनले मेरो कपालमा थुक्छन् भन्ने। यो अपमान हो। मलाई हेरेर मेरा विद्यार्थी र दर्शक हाँसे।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार