Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लिपुलेकमा सडक बनाउने मोदीको घोषणा, नेपाल सरकार मौन

    लिपुलेकमा सडक बनाउने मोदीको घोषणा, नेपाल सरकार मौन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्‍यालीमा सम्बोधन गर्दै आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए ।

    ‘तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्यो’ मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ, ‘ हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्‍यौं । हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब वितारको काम भइरहेको छ ।’



    भारतीय प्रधानमन्त्रीले लिपुलेक आफ्नो भूमि रहेको भन्दै सडक चौडा गर्ने बताइरहँदा नेपाल सरकारले भने यसबारे आधिकारीक रुपमा केही नभनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख गरिएको छ । मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ ।



    प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो भारतयात्राका क्रममा दुई देशबीचमा सीमा मुद्दामा मोदीसँग छलफल गर्ने तयारी भएको भए पनि कोरोनाका कारण कार्यक्रम स्थगित भएपछि उनको भारत भ्रमण रोकिएको थियो । नेपाली भूमि लिपुलेकमा ९ अप्रिल २००८ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा धारचुला-लिपुलेख लिंक रोड उद्घाटन गरेपछि नेपाल सरकारले विरोध गरेको थियो ।

    सडक उद्घाटन लगत्तै तत्कालीन केपी ओली सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर राजनीतिक नोट जारी गरेको थियो जसमा नेपाली भूभागमा कुनै पनि गतिविधी नगर्न भारतलाई आग्रह गरिएको थियो । तर भारतले त्यसलाई जारी राख्यो ।

    भारतले नेपाली भूमि लिपुलेक लिम्पियाधुरासहितको क्षेत्र समावेश गरेन नक्सा जारी गरेपछि नेपालले त्यसको बिरोध गरेको थियो र ओली सरकारले ति भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चुच्चे नक्सा सार्वजनिक गरेसँगै नेपाल भारतीबीचको सम्बन्धमा चिसो बढेको चर्चा भएको थियो ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार भारतीय पक्षले अहिले पनि लिपुलेक क्षेत्रमा सडक विस्तार गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार