Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता भोलिदेखि लागू हुने

    राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता भोलिदेखि लागू हुने

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता भोलि सोमवारदेखि लागू हुने गरी जारी भएको छ ।

    निर्वाचन आचारसंहिता २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।



    आचारसंहिता पालना सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



    यस निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र पालिका, प्रदेश सरकार र पालिकाका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार