Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बतासद्वारा टेण्डर पार्न कमिसन खुवाएको स्वीकार

    बतासद्वारा टेण्डर पार्न कमिसन खुवाएको स्वीकार

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । विवादित कम्पनी बतास समूहले टेण्डर पार्न कमिसन खुवाएको स्वीकार गरेको छ।

    आइतबार साँझ एक टेलिभजन कार्यक्रममा अन्तर्वार्ता दिँदै गर्दा सो समूहका मालिक आनन्द बतासले आफूले टेण्डरका लागि कमिसन खुवाएको स्वीकार गरेका हुन्।



    ग्यालेक्सी टेलिभिजनको एक कार्यक्रममा प्रस्तोता रबि लामिछानेले राजदरबार, संग्राहलय आदि टेन्डर भर्ने क्रममा कमिसन खुवाउनु भयो भएन ? भन्ने प्रश्न गरेका थिए। जवाफमा निकै ढिलो उत्तर दिएका आनन्दले उक्त कुरा स्वीकार गरेका हुन् ।



    ‘खुवाइन भनेर झुटो बोल्न सक्दिन, सत्य बोल्न मेरो पेसाले दिदैन,’ यो उनको भनाइको आशय थियो।

    पछिल्लो समय नारायणहिटी दरबार संग्रालयमा रेष्टुरेन्ट बनाउन संरचना समेत निर्माण गर्दै गरेको सो समूहको चौतर्फी विरोधपछि अहिले उक्त कार्य रोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार