Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • डाक्टरको लाइसेन्सका लागि लिइएको परीक्षामा आधाभन्दा बढी फेल

    डाक्टरको लाइसेन्सका लागि लिइएको परीक्षामा आधाभन्दा बढी फेल

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । जसमा अधिकांश चिकित्सकहरु अनुत्तीर्ण भएका छन्।

    आइतबार काउन्सिलले सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका हुन् ।



    स्रोतका अनुसार गत पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् ।



    काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार