Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: प्रजातन्त्रमा जनताको सुखबाहेक कुनै लक्ष्य हुँदैन

    पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: प्रजातन्त्रमा जनताको सुखबाहेक कुनै लक्ष्य हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।

    पूर्वराजाले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका हुन् ।



    ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।’



    प्रणाली केवल साधन मात्र भएको र साधन परिवर्तनलाई नै महान उपलब्धीका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै पूर्वराजाले असन्तोष समेत व्यक्त गरेका छन् ।

    ‘सबैभन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व्प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न बिलम्ब गर्नु हुँदैन,’ संदेशमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार