Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्रको आह्वान – पुरानो गौरवका लागि राजतन्त्र फर्काउन उठौं

    पूर्वराजा ज्ञानेन्द्रको आह्वान – पुरानो गौरवका लागि राजतन्त्र फर्काउन उठौं

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 753
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन एकजुट हुन आह्वान गरेका छन् ।

    बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।



    उनले अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं भनेका छन् । उनले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि के पुरुष, के महिला, के आजका जाँगरिला युवा, के अनुभवी बूढाबूढी सबैलाई जुट्न आह्वान गरे ।



    पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार