Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मूलधारमा रहेका राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति आम जनतामा वितृष्णा पैदा भइरहेका बेला पूर्वराजको सक्रियता बढ्यो

    अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो गरेन : पूर्वराजा

    अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो गरेन : पूर्वराजा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आम नेपाली जनताहरु राजनीतिक दल र देशको वर्तमान अवस्थाप्रति वितृष्णा पैदा भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । उनले अहिले मूलधारमा रहेका राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

    पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका छन्।



    पूर्वराजा ज्ञानेन्द्र शाहले आज पनि दसैँको शुभकाना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ ।



    पूर्वराजाले आज जारी गरेको शुभकामना सन्देशमा भनेका छन्–‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’

    जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनको माग छ । सन्देशमा भनिएको छ–‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार