Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजनीतिमाथि पूर्वराजाको टिप्पणी : छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुस्

    राजनीतिमाथि पूर्वराजाको टिप्पणी : छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 906
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।

    मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिँदै उनले यस्तो सुझाव दिएका हुन् ।



    उनले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।



    ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस्,’ उनले सर्वसाधारणलाई टीका लगाइदिँदै भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार