Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै साउथह्याम्टन विजयी

    इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै साउथह्याम्टन विजयी

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई हराएको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हराएको हो ।

    साउथह्याम्टनका जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडम्सले समान एकरएक गोल गरे । उसले एक गोल आत्मघाती उपहार पायो । ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि विटाली जेनेल्टले एक गोल फर्काए ।



    जितसँगै साउथह्याम्टनको २० खेलमा २४ अंक भएको छ । साउथह्याम्टन अंकतालिकामा ११ औँ स्थानमा छ । समान खेलमा ब्रेन्टफोर्डको २३ अंक छ । ब्रेनफोर्ट १३ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार