Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दरबारभित्र होटल खुल्या छ रे…

    दरबारभित्र होटल खुल्या छ रे…

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । ‘दरबारभित्र होटल खुल्या छ रे ….’ उक्त टुक्का लोकप्रिय लोक दोहोरी गायिका बबिता बानियाँ जेरीले कार्यक्रम इन्द्रेणीमार्फत् गायक पशुपति शर्मासँग गाएकी हुन्।

    पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन गोरखा दरबारमा आयोजित इन्द्रेणी कार्यक्रममा गायिका जेरीले गाएको उक्त टुक्का निकै भाइरल बनेको छ । उनले यो टुक्का नारायणहिटी दरबार संग्रालयभित्र रेस्टुरेन्ट बन्दै रहेको प्रसङ्गलाई गीतमार्फत व्यंग गरेकी गायकी थिइन्।



    दोहोरी घम्साघम्सीमा जेरी र शर्माबीच ऐतिहासिक गोरखा दरबारदेखि राजा पृथ्वीनारायण शाहले गरेका योगदानहरुको चर्चा निकै भएको थियो । जसमा जेरीले पहिले एउटा राजा थिए भने अहिले सयौं राजाहरु जन्मेर राज्यको ढुकुटी दोहन गरेको व्यंग्यात्मक भाव ब्यक्त गरेकी छन्।



    उसो त जेरी गायिकाहरुमध्ये हक्की र निडर स्वभावकी मानिन्छिन् भने शर्मा पनि निकै अब्बल मानिन्छन्। शर्माले निकालेको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो,’ छुट जस्ता नेताविरोधी गीत निकालेका थिए । जुन निकै चर्चित थियो ।

    पछिल्लो समय नारायणहिटी दरबार संग्रालयमा बतास समूहले रेस्टुरेन्ट बनाउने लागेको खबर सार्वजनिक भएसँगै यसको चौतर्फी बिरोध भएको थियो । विवादित कम्पनीले सेटिङमार्फत् ठेक्का मिलाएर उक्त कार्य गरेको बाहिर आएसँगै संग्रालयका निर्देशक भेषनारायण दाहालले राजिनामा दिइसकेका छन् भने निर्माण कार्य अहिले रोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार