Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हतियारसहित एक युवक पक्राउ

    हतियारसहित एक युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।



    आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित महतोलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।



    पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार