Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

    मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरिएको छ।

    वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन्।



    जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतका अनुसार प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको हो।



    ढुंगा प्रहारबाट मुख्य राउतको घरको सिसा फुटेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार