Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुधबार सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना संक्रमण

    बुधबार सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।



    २ सय ५७ जनाको पीसीआरमार्फत र २ सय ३१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत ३ सय ९५ जनाको परीक्षण गर्दा २५७ जनामा संक्रमण देखिएको हो ।



    आज संक्रमण पुष्टि भएकामध्ये १०१ जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।

    सुदूरपश्चिमका नाका भएर आज ९५५ नेपाली स्वदेश फर्केका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार