Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

    इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 960
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो ।

    मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो ।



    चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे ।



    गएराति बराबरीमा रोकिएको चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ । उसले २३ खेल खेलेको छ । नवौं स्थानको ब्राइटनको २९ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार