Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश सरकारद्वारा आज राजविराजमा बलिदानी दिवस मनाइँदै

    मधेश सरकारद्वारा आज राजविराजमा बलिदानी दिवस मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव/ सप्तरी । विसं २०६३ सालमा भएको मधेश आन्दोलनको स्मरण गर्दै आज बलिदानी दिवस मनाइँदैछ ।

    २०६३ साल माघ ५ गते गोली लागेर सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि यो दिनलाई बलिदानी दिवसको रुपमा मनाउन थालिएको छ । संघीयता आउनुअघि मधेशवादी दलले यो दिनलाई बलिदानी दिवस मनाउँदै आएकोमा पछिल्लो समय प्रदेश सरकारले नै यो दिवस मनाउँदै आएको छ ।



    यस पटकको बलिदानी दिवस राजविराजमा मनाँदैछ । दिवस मनाउनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा तयारी गरिएको छ । दिवस मनाउनका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरु यहाँ आउँदैछन् ।



    बलिदानी दिवसमा हुने कार्यक्रममा ५७ जना शहीद परिवारलाई नगद रु ३ लाखका दरले बितरण गर्ने कार्यक्रम रहेको छ ।

    प्रदेश सरकारले यसअघि पहिलो बलिदानी दिवस सिरहाको लहानमा, दोस्रो बीरगंजमा र तेस्रो जनकपुरधाममा मनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार