Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश बलिदानी दिवस : मधेश आन्दोलनले नै देशमा संघीयता आएको दाबी, शहिद परिवारलाई ३ लाखसहित सम्मान

    मधेश बलिदानी दिवस : मधेश आन्दोलनले नै देशमा संघीयता आएको दाबी, शहिद परिवारलाई ३ लाखसहित सम्मान

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1K
    SHARES

    रामनारायण यादव, सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताएका छन् । उनले भने मधेस आन्दोलनले नै मुलुकमा संघीयता आएको बताए ।

    मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे । ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उनले भने, ‘अहिले त्यो चाहना मधेशी जनाताको पूरा भएको छ ।’



    उनले मधेस प्रदेश बनाउन सहयोग गर्ने सबै प्रदेश सांसदलाई धन्यवाद दिएका छन् । आफ्नो दल जसपा, लोसपा, माओवादी र नेपाल संघीय समाजवादी पार्टीको एजेन्डा मधेश भएपनि यो सम्भव नभएको भन्दै उनले सबै दलका सांसदले यसमा सहयोग गरेको बताए ।



    ‘नेपाली कांग्रेस, नेकपा एस, नेकपा एमालेका सांसदले पनि यसमा सहयोग गरेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘मधेस नामाकरण भएपछि कांग्रेस, नेकपा एस र एमालेका नेताले हात मिलाएर जय मधेस भन्नुभयो । उनीहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु उनले भने ।’

    मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेसका शहिद र अन्य आन्दोलनमा शहिद भएकाहरूको सम्मानमा मधेस प्रदेश सरकारले पाँच स्थानमा शहिद पार्क निर्माण गर्न लागेको बताएका छन् । मुख्यमन्त्री राउतले सबैभन्दा पहिले आफूहरुले नै प्रहरी ऐन बनाएपनि कार्यान्वयन गर्न नसकिएको बताए । संघीय सरकारले संविधान अनुसार प्रहरीको समायोजन गर्न नसक्दा यो ऐन कार्यान्वयन नभइरहेको बताए ।

    यस बिषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको बताउँदै मुख्यमन्त्री राउतले सर्वोच्चको आदेश लगत्तै प्रहरी समायोजन भएर प्रदेशको आफ्नै प्रहरी हुने बताए । मधेश आन्दोनको क्रम्मा शहिद र घाइते भएका परिवारहरुलाई मधेश प्रदेश सरकारले आर्थिक सहयो र प्रमाण पत्र सहित सम्मान गरेको छ ।

    बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजना गरिएको चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार र घाइते प्रति सम्मान कार्यक्रममा सम्मान गरेको हो । मुख्यमन्त्री राउतले भने मधेस आन्दोलनका शहिद परिवारलाई मधेस प्रदेश सरकारले रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी प्रदेश सरकारले लागेको बताए ।

    मधेश शहिद स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा मधेश आन्दोलनमा बलिदानी दिएका शहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिएको छ भने आन्दोलनका घाइतेहरुलाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ ।

    यस्तै मधेस प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मधेश जनविद्रोको बलमा मुलुकमा संघीयता ल्याएको बताएका छन् । उनले भने–उत्पीडनमा परेका समुदायहरुको मुक्ति नभए सम्म आन्दोल जारी रहने बताए । यसैगरी मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा बलिदानी दिवस मनाउन थालिएको हो । बलिदानी दिवस मनाउन जसपा अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा सहभागि भएन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार