Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईसीसी टी–२० टोलीमा तीन पाकिस्तानी खेलाडी समावेश, बाबर बने कप्तान

    आईसीसी टी–२० टोलीमा तीन पाकिस्तानी खेलाडी समावेश, बाबर बने कप्तान

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीले गत वर्ष टी–२० विश्वकप जित्न सकेको थिएन, तर पाकिस्तानी टोलीका खेलाडीले वर्षभरी उत्कृष्ट प्रदर्शनका लागि विश्वभर प्रशंसा पाएका थिए ।

    अब आईसीसीले घोषणा गरेको टी–२० टोलीमा तीन पाकिस्तानी खेलाडी समावेश छन् । गत वर्षको प्रदर्शनका आधारमा यस सांकेतिक टोलीका ११ खेलाडी छनोट भएका छन् र बाबर आजमलाई यस टोलीको कप्तान बनाउनु पाकिस्तानका लागि गौरवको विषय हो । यद्यपि उनको प्रदर्शनको आईसीसीले प्रशंसा गरिसकेको छ ।



    बाबर आजमले गत वर्ष २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक र नौ अर्धशतक खेलेका थिए । यी धुवाँदार इनिङ्सका कारण उनले कुल ९३९ रन बनाएका थिए ।



    पाकिस्तानी टोलीका मोहम्मद रिजवानलाई विकेटकिपर ओपनरको रुपमा आईसीसीको टोलीमा समावेश गर्नु पाकिस्तानका लागि दोहोरो खुशीको कुरा हो ।

    सन् २०२१ मोहम्मद रिजवानका लागि स्मरणीय वर्ष साबित भयो। गत वर्ष उनले २९ अन्तर्राष्ट्रिय टी–२० खेलमा पाकिस्तानको प्रतिनिधित्व गर्दै एक शतक र १२ अर्धशतकको सहयोगमा १३२६ रन बनाएका थिए । जुन गत वर्ष कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो ।

    पाकिस्तानको यो प्रतीकात्मक टोलीमा शाहिन अफ्रिदीलाई पनि स्थान दिइएको छ । शाहिनले गत वर्ष २१ खेलमा २३ विकेट लिएका थिए । यो टोलीमा एक पनि भारतीय खेलाडी परेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार