Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • केशरमहलबाट मजदुरकै ‘सेटिङ’मा पुरातात्विक सामग्रीहरु चोरी भएको खुलासा, दुई पक्राउ

    केशरमहलबाट मजदुरकै ‘सेटिङ’मा पुरातात्विक सामग्रीहरु चोरी भएको खुलासा, दुई पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौंको ठमेलस्थित केशर पुस्तकालयबाट पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दाङका १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिमका ३६ वर्षीय वीरबहादुर सुनार छन् । महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरका अनुसार चोरीमा संलग्न भएको अभियोगमा उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरिएको हो।



    यसअघि गत माघ ३ गते सोमबार केशरमहलबाट बाघको टाउको, महल बनाउने राणा कमाण्डर केशर शमशेरको पोशाक, तरवारलगायतका पुरात्विक समानहरु चोरी भएको थियो।



    उनीहरुले केशर पुस्तकालयको ठूलो कोठो कोठाभित्र संलकन गरी राखिएको सामग्री चोरी गरेर बोरामा राखेर फालेको अवस्थामा बरामद गरिएको एसएसपी कुँवरले बताए । उनका अनुसार शर्मा र सुनार ती सामान लिन जाँदा पक्राउ परेका थिए ।

    शर्माले प्रहरीसँग बयान दिँदै ‘गणेश श्रीपालीले आफ्नो स्कुटर केशरमहलमा राखेको र लिन आउनू भनेकाले’ केशरमहल गएको दाबी गरेका छन् । तर गार्डले के सामान लिएर आएको भनेर सोधेपछि स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगेर फरार भएको भनेका छन् ।

    सामान बरामद गरेर अनुसन्धान गर्दा चोरीमा गणेशसँगै दिपन्द्र भन्ने देवेन्द्र केसीको पनि संलग्नता खुलेका छ । तर उनीहरु हालसम्म फरार छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको महाशाखाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार