Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाको सम्बोधन: धैर्य गरौं, संयमता अपनाऔं

    प्रधानमन्त्री देउवाको सम्बोधन: धैर्य गरौं, संयमता अपनाऔं

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 948
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहरको महामारीमा सबैलाई धैर्य गर्न आग्रह गरेका छन्।

    पछिल्लो समय बढ्दै गएको कोरोना महामारीको सम्बन्धमा आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीले सबैलाई हानी पुर्याउने भन्दै संयमता अपनाउन आग्रह गरेका हुन्।



    गत बर्ष भन्दा यो बर्ष कोरोना थप घातक हुँदै गएको भन्दै प्रधानमन्त्री देउवाले यस महामारीको बेला फ्रन्ट लाइनमा खटिने चिकित्सक, प्रहरी, सेना र चालकहरुलाई मुक्तकण्ठले प्रशंसा गर्दै उल्लेखनीय भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।



    सम्बोधनमा कोरोना महामारीका साथै प्रधानमन्त्री देउवाले सरकारको ६ महिने काम कारबाहीबारे ब्रिफिङ गरिरहेका छन् । गत २९ असारमा प्रधानमन्त्री भएका देउवाको कार्यकाल यही पुस २९ गते ६ महिना पूरा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार