Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्यकर्मी संघले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र

    स्वास्थ्यकर्मी संघले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाभाइरस फैलन नदिन सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ ।

    स्वास्थ्यकर्मी संघले कोरोना भाइरस समुदाय स्तरमा विस्तार भइसकेकाले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको छ ।



    शुक्रबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फतबाट बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनत्तम र पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस् ।’

    कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि नदिएको गुनासो संघको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार