Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्लाहीबाट ५ किलो लागूऔषध गाँजासहित श्रीमान-श्रीमती पक्राउ

    सर्लाहीबाट ५ किलो लागूऔषध गाँजासहित श्रीमान-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 2K
    SHARES

    सर्लाही । सर्लाहीबाट प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको बाग्मती नगरपालिका वडा नम्वर १२ बस्ने ३८ वर्षीय इद्रबहादुर अधिकारी र ३० वर्षीय रिचा अधिकारी रहेका छन्।



    प्रहरी गस्ती टोलीले हरिवन नगरपालिका वडा नम्वर ८ पुरानो बजारस्थितभित्री सडक खण्डमा चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६८ प ४९७२ नम्वरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरु दुबै जना श्रीमान श्रीमती एउटै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मोटरसाइकल, गाँजासहित दुबैजनालाई नियन्यत्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार