Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राप्रपालाई गाई नदिने आयोगले एमालेलाई सूर्य किन दिने ?

    राप्रपालाई गाई नदिने आयोगले एमालेलाई सूर्य किन दिने ?

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएपछि अब नेकपा (एमाले)को चुनाव चिन्हका बारेमा पनि प्रश्न उठ्न थालेका छन्।

    गत माघ २ गते निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गाई चिन्ह हटाउन पत्र लेखेको थियो । पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ उल्लेख गरिएको छ।



    त्यसअघि राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । अयोगले भने नेपालको संविधानको धारा २ सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन आग्रह गरेको छ ।



    राप्रपालाई निर्वाचन आयोगले पत्र पठाएपछिको अवस्थामा अब नेकपा(एमाले)को चुनाव चिन्हका बारेमा पनि प्रश्न उठ्न सक्ने कुरा राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    नेकपा(एमाले)को चुनाव चिह्न सूर्य भएको र उक्त चिह्न राष्ट्रिय झण्डासँग मिल्ने भएका कारण यो प्रश्न उठ्न थालेको हो । राप्रपाको झन्डाको मध्यभागबाट गाई हटाउँदा एमालेको चुनाव चिह्न र झन्डाबाट सूर्य हटाउने कि नहटाउने त ? निर्वाचन आयोगसामु यो प्रश्न तेर्सिएको छ । राप्रपाको झन्डाबाटमात्रै गाई हटाउनु भन्दा आयोगले साना पार्टीलाई मात्र कानुन लगाउन खोजेको अर्थ लाग्नेछ ।

    यता, आयोगको पत्रलाई लिएर राप्रपाले अदालत जाने बताएको छ । यदी यो मुद्दामा अदालतले आयोगको पक्षमा फैसला गरे राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार