Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बतासमाथि मन्त्री आलेको अर्को एक्सन, पशुपति धर्मशालामा गरिएको होटलको सम्झौता पनि खारेज !

    बतासमाथि मन्त्री आलेको अर्को एक्सन, पशुपति धर्मशालामा गरिएको होटलको सम्झौता पनि खारेज !

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि (मंगलबार) खारेज हुने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेनिकट स्रोतका अनुसार छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने भएको हो।त्यसका लागि भोलि पशुपति क्षेत्र विकासको बैठक बस्दै छ र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतको भनाइ छ।



    यसअघि बतास समूहका मालिक आनन्द बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले समेत निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए ।



    छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताइएको छ।

    यस्तै, उक्त समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ । यसअघि नारायणहिटी दरबार संग्रालय परिसरभित्रको क्याफ्टेरिया संचालनको ठेक्का पनि मिलेमतोमै दिलाइएको बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार