Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश प्रदेश: ६ महिनामा सवारी दुर्घटनामा परी २९२ जनाको मृत्यु

    मधेश प्रदेश: ६ महिनामा सवारी दुर्घटनामा परी २९२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव/ जनकपुधाम । छ महिनामा मधेश प्रदेशमा सवारी दुर्घटनामा २ सय ९२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ सय ५२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

    प्रदेशमा ६ महिनामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ८ सय ८० जना महिलासहित ४ हजार २ सय ३८ जना घाइते भएको प्रहरीको तथ्यांक छ । ट्राफिकतर्फ २ सय ६८ वटा मुद्दा दर्ता भएको छ ।



    ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३६ हजार ४ वटा विभिन्न सवारीका धनीलाई कारबाही गरेर प्रहरीले ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।



    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा १८ करोड मूल्य बराबरको अवैध समान बरामद गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि पुससम्म १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँको अवैध समान बरामद गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

    कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ८ वटै जिल्ला प्रहरी कार्यालयले ६ महिनामा १ करोड ३५ लाख १४ हजार ५ सय ५५ रुपैयाँको किराना सामाग्री, ४१ लाख ८४ हजार १ सय २८ रुपैयाँ बराबरको विद्युतिय सामाग्री ८ करोड ३५ लाख ३९ हजार ९० रुपैयाँको सवारी साधन र पाटपुर्जा, ७ करोड ९६ लाख १२ हजार ८ सय ८३ रुपैयाँको लत्ता कपडा बरामद गरेको छ ।

    यस्तै फेन्सी तथा अन्य समान, ९ लाख ८१ हजार १४ रुपैयाँको १ सय ९ ग्राम ७९४ मिलिग्राम सुन, र ७० लाख ६८ हजार ७ सय ८३ रुपैयाँको ८२ किलो १० ग्राम २७० मिलिग्राम चाँदी बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

    अवैध कारोबारमा संलग्न १ सय ४ जना मानिस पनि प्रहरीले पक्रेर समान सहित आवश्यक कारबाहीका लागि नजिकका भन्सार कार्यालयमा बुझाएको छ ।

    मधेस प्रदेशबाट प्रहरीले ६ महिनामा ९ सय ५२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ३ सय ६५ दिन २ महिना ३ दिन कैद र ३ करोड ७१ लाख ६६ हजार ७ सय १४ रुपैयाँ जरिवाना सम्बन्धित जिल्ला तथा उच्च अदालतले अशुल गरेको छ ।

    नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी बिक्रि गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । १ सय ७८ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट प्रहरीले ११ लाख २६ हजार ८० रुपैयाँ राजश्व संकलन गरेको छ ।

    अवैध रुपमा वन फडानी गरी ल्याउँदै गर्दा २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख ९७ हजार ५ सय ७० रुपैयाँ मूल्य बराबरको १ हजार १ सय ९२ क्युफिट काठ बरामद गरेको र काठ ओसार प्रसारमा संलग्न २२ जना मानिस पक्राउ गरी आवश्यक कारबाहीका लागि वनलाई बुझाईएको प्रहरीले जनाएको छ ।

    भारतको बिहार राज्यसँग खुल्ला सीमा जोडिएका कारण मधेस प्रदेशमा विभिन्न अपराधिक गतिविधि पनि हुने गरेको छ । हात हतियारसहित मानिस पक्राउ पर्ने गरेका छन्। हात हतियारका २४ वटा मुद्धा चल्दा ३४ जना पक्राउ परेका छन् । लामो १२ र छोटो १५ थान हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।

    स्रोत नखुलेको नेपाली ८० लाख ७३ हजार ६ सय २० र भारतीय ११ लाख १९ हजार ९ सय रुपियाँ बरामद भएको छ । स्रोत नखुलेको रकम बोकि हिँड्ने २० जना मानिस पक्राउ परेका छन् ।

    मधेस प्रदेशमा ६ महिनामा ७ सय ६१ वटा विपदको घटना भएका छन् । जसमा ५८ जना महिलासहित २ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

    १ सय ९० जना घाईते भएको प्रहरीले जनाएको छ । ८ जना वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार