Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मैत्रीपूर्ण खेलका लागि मोरिससको टोली काठमाडौं आइपुग्यो

    मैत्रीपूर्ण खेलका लागि मोरिससको टोली काठमाडौं आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि अफ्रिकी देश मोरिससको टोली काठमाडौं आइपुगेको छ ।

    सोमबार नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।



    हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ ।



    पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसको भनाइ छ।

    मोरिसससँगको खेल आगामी माघ १५ र १८ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल आईपुगेको टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार