Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

    नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 642
    SHARES

    काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।

    खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।



    शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।



    नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए । जहाँ उनले पहिलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।

    त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार