Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पेनाल्टीमा चुक्दा म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल

    पेनाल्टीमा चुक्दा म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।

    शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो । तर अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको हो।



    ५८औँ मिनेटमा १८ यार्ड बक्सभित्र म्यानमारका रक्षकको ह्यान्ड भएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टी प्रहारका लागि आएका अञ्जनको प्रहार म्यानमारका गोलकिपरको खुट्टामा लागेर फर्किएपछि नेपालले अग्रताको अवसर गुमाएको हो ।



    पेनाल्टीमा गोल गर्न चुकेका अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गर्ने अवसरसमेत गुमाए । हरि र निराजन दुवैले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

    अञ्जनले हालसम्म नेपालका लागि १२ गोल गरेका छन् । नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार