Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 513
    SHARES

    काठमाडौं । नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

    ढाकामा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले यसअघिको टिममा ३ खेलाडी परिवर्तन गरेका छन् ।



    पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।



    उनीहरुको स्थानमा फरवार्ड रश्मी कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन् ।

    बंगलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मी कुमारी घिसिङ र अनिता बस्नेतले साथ दिनेछन् । मिडफिल्डमा सरु लिम्बु, दिपा शाही र अनिता केसी रहनेछन् ।

    डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन् । डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरे छन् भने विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार