Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मैत्रीपूर्ण फुटबल : मलेसियासँग नेपाल ५–१ गोलले पराजित

    मैत्रीपूर्ण फुटबल : मलेसियासँग नेपाल ५–१ गोलले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 396
    SHARES

    काठमाडौं । नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ ।

    मलेसियाको बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा मलेसियासँग नेपाल ५–१ गोलले पराजित भएको हो ।



    खेलको पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।



    त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपालले ३ गोल खायो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो ।

    नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ ।

    घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार