Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

    आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 435
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

    नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ ।



    नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।



    त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले ‘होम’ र ‘अबे’ दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ ।

    नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार