Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • करोडौं भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलियो

    करोडौं भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलियो

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.7K
    SHARES

    कैलाली । बझाङको एक वडाका अध्यक्ष र वडासचिवलाई योजनामा करोडौं भ्रष्टाचार गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।

    आइतबार अनेरास्वियु (क्रान्तिकारी) का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् ।



    वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु (क्रान्तिकारी) द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।



    अनेरास्वियु )क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु (क्रान्तिकारी) ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार