Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • डब्लुएचओले भन्यो-‘कोरोनाको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं’

    डब्लुएचओले भन्यो-‘कोरोनाको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं’

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम नहटेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

    पछिल्लो हप्ता २ करोड १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भन्दै डब्ल्युएचओले ओमिक्रोन भेरियन्टको जोखिम कम भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।



    उसले ओमिक्रोनको प्रभाव र संक्रमणदर अझै उच्चस्तरमा रहेको जनाएको छ। एक हप्तामा विश्वभर कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओको तथ्यांक छ।



    एक साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै डब्ल्युएचओले विश्वका अधिकांश देशमा ओमिक्रोनको प्रभाव रहेको जनाएको छ।

    साथै तीव्र गतिमा फैलिन सक्ने क्षमता रहेको यो भेरियन्टले डेल्टालगायतका अन्य भेरियन्टलाई धेरै पछाडि छाडेको पनि उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार