Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश

    आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आहा रारा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।



    खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।



    हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार