Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आयोजक सहारालाई हराउँदै धरान क्लब आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

    आयोजक सहारालाई हराउँदै धरान क्लब आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 873
    SHARES

    पोखरा । धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

    पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।



    धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए ।



    यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    धरानले क्वाटरफाइनलमा नेपाल एपीएफ क्लबसँग खेल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार