Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गाउँपालिकाबाट सुरक्षा भत्ता चोरी प्रकरण: अख्तियारद्वारा वडा सचिवसहित तीन जनाविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा दायर

    गाउँपालिकाबाट सुरक्षा भत्ता चोरी प्रकरण: अख्तियारद्वारा वडा सचिवसहित तीन जनाविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँभन्दा बढी चोरी प्रकरणमा वडासदस्यसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सचिव सरिता राउत समेत ३ जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।



    अख्तियारले वडासचिव रावतसहित करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार २४ चैत २०७७ मा हिमालयन बैंकको त्रिशुली शाखाबाट झिकेको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको ५३ लाख रकम हराएको थियो।



    वडासचिव राउतसहितले उक्त रकम चोरी भएको बताउँदै आएका थिए । प्रहरीको अनुसन्धान निष्कर्षमा नपुगेपनि अख्तियारले भने रकम हराएको (चोरी भएको) घटनामा वडासचिव राउतसहित ३ जनाको भूमिका शंकास्पद देखिएकाले उनीहरुको संलग्नता रहेको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

    अख्तियारले तीनै जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम अधिकत्तम (८ वर्षसम्म कैद) सजाय मागदाबी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार