Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

    सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।



    जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।



    जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो ।

    जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार