Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थप ४८६ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

    सुदूरपश्चिममा थप ४८६ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.8K
    SHARES

    कैलाली । शुक्रबार सुदूरपश्चिम प्रदेशमा थप ४८६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ६९३ नमुना परीक्षण गर्दा थप ४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

    निर्देशनालयका अनुसार २९४ नमुना पिसिआर गर्दा १८९ जना र एक हजार ३९९ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २९७ जनामा संक्रमण देखिएको हो ।



    यस्तै २४ घण्टामा २५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ८६ जनामा संक्रमण पुष्टि भएको छ ।



    निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ४१ जना, गड्डाचौकी नाकामा २७ जना, झुलाघाट नाकामा १७ जना र पुलघाट नाकामा एक जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा सु्दूपश्चिम प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीय पुरुष र भीमदत्त नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार