Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए २६९ कोरोना संक्रमित

    सुदूरपश्चिममा थपिए २६९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 924
    SHARES

    कैलाली । शनिबार सुदूरपश्चिम प्रदेशमा थप २६९ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार १६९ नमुना परीक्षण गर्दा थप २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।



    निर्देशनालयका अनुसार २२८ नमुना पिसिआर गर्दा १२४ जना र ९९९ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको हो ।



    यस्तै २४ घण्टामा २९९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

    निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ३४ जना, गड्डाचौकी नाकामा ३८ जना र झुलाघाट नाकामा ९ जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार